२०८३, आश्विन २२ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

बुधवार, फाल्गुण २१ २०८१११:१६
बुधवार, फाल्गुण २१ २०८१११:१६
  • images

    काठमाडौँ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।  

    अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

    इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी चैत १३ गते हुनेछ ।  

    निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend