२०८३, आश्विन २२ गते

images

सेयर बजारमा तेस्रो दिन पनि गिरावट, १० अर्ब ९७ करोड बराबरको कारोबार

सेयर बजारमा तेस्रो दिन पनि गिरावट, १० अर्ब ९७ करोड बराबरको कारोबार

बुधवार, फाल्गुण २१ २०८१०३:४२
बुधवार, फाल्गुण २१ २०८१०३:४२
  • images

    काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज पनि घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से आज पनि २५.१६ अंकले घटेको हो । योसँगै बजार परिसूचक २८२१.१३ विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भयो । 

    सोमबारभन्दा अगाडि नेप्से १० दिनसम्म लगातार बढेको थियो । पछिल्लो पटक गत बुधवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उच्च दरमा बढेको नेप्सेले यो अवधिमा २१२ अंकले बढेको थियो ।

    यो वृद्धिले लामो समयदेखि साइडवेजमा चलेको बजारमा बुलिस ट्रेन्डको संकेत देखिएको थियो । तर, पछिल्लो तीन दिनमा बजार ६८ अंकले करेक्सन भएसँगै बजार साइडबेजको अवस्थाबाट उठ्न नसकेको देखिएको छ । 

    आज बजारमा ६२ कम्पनीको मूल्य बढेको छ । १७४ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज समाज लघुवित्त र गार्डियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरैले घटेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend