२०८३, आश्विन २२ गते

images

डिजिटल कारोबारमा ग्राहकलाई बढी अधिकार, बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको नयाँ निर्देशन

डिजिटल कारोबारमा ग्राहकलाई बढी अधिकार, बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको नयाँ निर्देशन

बिहिवार, फाल्गुण २२ २०८११०:३५
बिहिवार, फाल्गुण २२ २०८११०:३५
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कारोबारमा ग्राहकलाई बढी अधिकार दिन निर्देशन दिएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० परिमार्जन गर्दै ग्राहक आफैंले मोबाइल एप वा वेब पोर्टलमार्फत डिजिटल सेवा सुचारु वा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्ने जनाएको छ।

    राष्ट्र बैंकको निर्देशनअनुसार प्रत्येक कारोबार सम्पन्न भएपछि ग्राहकलाई अनिवार्य रूपमा एसएमएस पठाउनुपर्नेछ। साथै, ग्राहकले अन्य डिजिटल माध्यमबाट पनि सूचना माग गरेमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकले एटीएम सेवा प्रभावकारी बनाउन थप निर्देशिका जारी गरेको छ। कुनै समस्या उत्पन्न भएमा ग्राहकलाई तुरुन्त जानकारी दिन प्रत्येक एटीएम स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर, वित्तीय संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर नेपाली र अंग्रेजी भाषामा उल्लेख गर्नुपर्नेछ। साथै, एटीएम बिग्रिएमा वा नगद अभाव भएमा तुरुन्त सम्बन्धित संस्थामा सूचना पुग्ने व्यवस्था मिलाउनुपर्नेछ।

    बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई डिजिटल कार्ड जारी गर्दा शुल्क, कारोबार सीमा, ब्याजदर, तथा प्राप्त हुने सुविधासम्बन्धी विस्तृत जानकारी प्रदान गर्नुपर्नेछ। अनुमतिप्राप्त संस्थाले विवाद व्यवस्थापन कार्यविधि तयार गरी लागू गर्नुपर्नेछ। ग्राहकले डिजिटल माध्यमबाटै विवाद दर्ता गर्न, ट्र्याक गर्न तथा समाधान प्रक्रियाबारे जानकारी प्राप्त गर्न मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। यस निर्देशनले डिजिटल बैंकिङ्ग सेवालाई थप सुरक्षित, पारदर्शी, र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend