२०८३, आश्विन २२ गते

images
  • समाचार
  • गृहले गर्‍यो ७ जना सहसचिवको सरुवा,...

गृहले गर्‍यो ७ जना सहसचिवको सरुवा, ६ जिल्लाले पाए प्रमुख जिल्ला अधिकारी

गृहले गर्‍यो ७ जना सहसचिवको सरुवा, ६ जिल्लाले पाए प्रमुख जिल्ला अधिकारी

बिहिवार, फाल्गुण २२ २०८११०:५१
बिहिवार, फाल्गुण २२ २०८११०:५१
  • images

    काठमाडौँ । गृृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएको जनाएको हो ।

    जसअनुसार बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटले नयाँ मुख जिल्ला अधिकारी पाएको छ । 

    मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ । 

    यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ । रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए ।

    cdo.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend