काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्काशन गरेको हो।
यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत ९२ लाख २५ हजार कित्ता०, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता, र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिन सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टलमार्फत फागुन २६ गते भित्र दिसक्नु पर्नेछ । यदि सो अवधिभित्र सबै सेयर बिक्री नभएमा निष्काशन अवधि चैत ७ गतेसम्म लम्बिन सक्छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। इक्रा नेपालले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले समयमै आवेदन दिनुपर्नेछ।

