२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आइएमई ग्रुपको कागज उद्योग उद्घाटन, आयात...

आइएमई ग्रुपको कागज उद्योग उद्घाटन, आयात प्रतिस्थापनमा योगदान

आइएमई ग्रुपको कागज उद्योग उद्घाटन, आयात प्रतिस्थापनमा योगदान

सीएनएन खबर
बिहिवार, फाल्गुण २२ २०८१०२:२२
सीएनएन खबर
बिहिवार, फाल्गुण २२ २०८१०२:२२
  • images
    dhago-udhog-chandra-dhakal-and-kp-oli.jpeg

    काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली ले बिहीबार उद्योग परिसरमा ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका छन्।

    २ अर्ब रुपैयाँ लगानीमा स्थापित उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाईका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन गर्न थालेको छ। पहिलो चरणमा फोटोकपी पेपर र कापी(किताबका लागि आवश्यक कागज उत्पादन सुरु गरिएको छ।फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग पूरा गर्ने तथा विद्यालय पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलाई स्वदेशी उत्पादन प्रयोग गर्न सहयोग गर्ने बताइएको छ।

    आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले नयाँ उद्योग सञ्चालनलाई नेपालको औद्योगिक यात्रामा नवजागरणको रूपमा लिएको बताए। उनले उद्योग स्थापना आयात प्रतिस्थापन, औद्योगिक विकास, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ महत्वपूर्ण योगदान दिने उल्लेख गरे। नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजले प्रत्यक्ष रूपमा ३०० भन्दा बढीलाई रोजगार दिएको छ भने अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारीको अवसर सिर्जना गरेको छ। उद्योगमा ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई रोजगारीको अवसर दिइएको छ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कानुनहरू सहयोगी रहेको बताए। उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न ठूला आयोजना सञ्चालन गर्न आवश्यक रहेको धारणा राखे। नेपालमा औद्योगिक स्तरमा कागज उत्पादन नहुँदा विगतमा कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहनु परेको उल्लेख गर्दै ढकालले अब स्वदेशमै उच्च मात्रामा कागज उत्पादन भएसँगै आयात प्रतिस्थापन हुने बताए।

    ढकालले आइएमई समूहको प्राथमिकता राष्ट्रका आवश्यक क्षेत्रमा लगानी गर्ने, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा लाभ दिने, र दीर्घकालीन महत्वका व्यवसायमा लगानी गर्ने रहेको बताए। समूहले रेमिटेन्स, बैंक, बिमा, सूचना प्रविधि, जलविद्युत, पर्यटन पूर्वाधार, तथा कागज उद्योगमा लगानी गर्दै आएको उल्लेख गरे। पूर्वाधार विकासका क्रममा देखिएको नकारात्मक हस्तक्षेपले लगानीकर्तालाई निरुत्साहित गर्ने भएकाले सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए। उनले रोजगारी सिर्जना, राजस्व वृद्धिसँगै देशको समृद्धिका लागि दीर्घकालीन औद्योगिक विकास आवश्यक रहेको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend