२०८३, आश्विन २२ गते

images

लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण

लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण

सीएनएन खबर
बिहिवार, फाल्गुण २२ २०८१०३:३४
सीएनएन खबर
बिहिवार, फाल्गुण २२ २०८१०३:३४
  • images

    काठमाडौं । सेयर बजार लगातार चौथो दिन घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार २.७० अंक घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक २८१८.४३ अंकमा कायम भएको छ ।

    कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब १० करोडको भयो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १२ को स्थिर रह्यो ।

    विकास बैंक सेक्टर सबैभन्दा धेरै १.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.०३, उत्पादन ०.२४, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.०६, लगानी ०.१४ तथा जीवन बीमा ०.८०, निर्जीवन बीमा ०.०४, अन्य ०.७१ तथा व्यापार ०.२४ प्रतिशत घटे ।

    तीन कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, भूगोल इनर्जी, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोपावरको ९.९१, महालक्ष्मी विकास बैंकको ७.८४ प्रतिशत मूल्य बढ्यो ।

    गुराँस लघुवित्तको ७.६ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६.३५ प्रतिशत मूल्य घट्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको १–१ अर्ब बढीको कारोबार भयो । हिमालयन रिको १ अर्ब १२ करोड तथा नेपाल पुनर्बीमाको १ अर्ब ८ करोडको कारोबार भयो । ती कम्पनीपछि कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर तथा फस्र्ट माइक्रोफाइनान्स क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend