२०८३, आश्विन २२ गते

images

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

शुक्रवार, फाल्गुण २३ २०८१०७:२२
शुक्रवार, फाल्गुण २३ २०८१०७:२२
  • images

    काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन गरिरहेको १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आज (फागुन २३ गते) बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ।

    बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्येबाट १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ। सर्वसाधारणमा बाँडफाँड हुने ऋणपत्रमध्येबाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

    यो ऋणपत्रमा आवेदन दिँदा घटीमा २५ कित्ताका लागि दिनुपर्नेछ भने बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरेर भुक्तानी गरिनेछ।

    ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस’ रेटिङ्ग दिएको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च सुरक्षित रहेको संकेत गर्दछ।

    बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफ्टवेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend