काठमाडौं । विशेष अदालतले नेपाल दूरसंचार प्राधिकरण एनटीएको मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम एमडीएमएस परामर्श सेवा खरिदमा एनटीएका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरूषोत्तम खनाललाई दोषी ठहर गरेको छ ।
खरिद प्रक्रियामा अयोग्य कम्पनीलाई छनोट गरेको, दुई करोड ४२ लाख अमेरिकी डलर लागत बढाएको ठहर गर्दै भुक्तानी भएको रकम २३ करोड २० लाख ५९ हजार ३१४ भ्रष्टाचार भएको ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीसहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अध्यक्षद्वय झा र खनाललाई एकवर्ष एक महिना कैदसहित जरिबानाको फैसला सुनाएको छ ।
विशेष अदालतले भुक्तानी भएको रकमबाट ५ करोड ८० लाख १४ हजार ८२८ जनही विगो कायम गरी उनीहरूबाट त्यति नै जरिबाना असुल्ने फैसला गरेको छ ।

