२०८३, आश्विन २२ गते

images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, फाल्गुण २३ २०८११०:४५
शुक्रवार, फाल्गुण २३ २०८११०:४५
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य भने  बढेको छ। महासंघका अनुसार आज चाँदी  ३ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी एक हजार ९ सय  ८५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ६ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend