२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन...

सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने, १.५० अर्बको लगानीमुलक कम्पनी खोल्ने

सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने, १.५० अर्बको लगानीमुलक कम्पनी खोल्ने

सीएनएन खबर
शुक्रवार, फाल्गुण २३ २०८१११:३९
सीएनएन खबर
शुक्रवार, फाल्गुण २३ २०८१११:३९
  • images

    काठमाडौं । सिद्धार्थ केवलकारले आफ्ना सेयरधनीहरूलाई लक्षित गर्दै ‘सेयरधनी हातेमालो कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको फागुन २२ गते बसेको बैठकले आगामी चैत १९ गते रुपन्देहीमा वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ, जहाँ उक्त कार्यक्रम पारित गरिनेछ ।

    कम्पनीले वार्षिक साधारण सभामार्फत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साथै, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्दै प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने निर्णय पनि सभामा पारित गरिनेछ । सिद्धार्थ केवलकारले प्रभु केवलकार एण्ड टुरिजम, प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी, प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी तथा हाइड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेन्ट कम्पनीसँग सम्झौता गरेको छ, जसलाई कार्यान्वयन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

    सेयरधनीहरूलाई कम्पनीको चुक्ता पुँजी १२ अर्ब ७५ करोडको आधारमा १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको छ । त्यस्तै, कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहने गरी लगानीमूलक कम्पनी स्थापना गर्ने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ ।

    यस अतिरिक्त, आवश्यक परेमा नियामकीय परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा साधारण सभासम्म भएका सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने विषय पनि सभाको एजेन्डामा समावेश गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend