२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • लक्ष्मी सन्राइज बैंकको अगुवाईमा १८० मेगावाट...

लक्ष्मी सन्राइज बैंकको अगुवाईमा १८० मेगावाट कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी सम्झौता

लक्ष्मी सन्राइज बैंकको अगुवाईमा १८० मेगावाट कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी सम्झौता

शुक्रवार, फाल्गुण २३ २०८१०५:११
शुक्रवार, फाल्गुण २३ २०८१०५:११
  • images

    काठमाडौं । लक्ष्मी सन्राइज बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरु र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। कालीगण्डकी गर्ज जलविद्युत आयोजना मुस्ताङ्ग र म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गरिने छ। यस आयोजनाको कुल लागत रु। ३९ अर्ब ५० करोड २४ लाख रहेको छ।

    यो परियोजनाले नेपालको नविकरणीय उर्जा क्षेत्रमा ठूलो योगदान पुर्याउने र ऊर्जा सुरक्षा बढाउने अपेक्षा गरिएको छ। कालीगण्डकी गर्ज जलविद्युत आयोजना विद्युत विकास विभागबाट २०७५ सालको फागुण २७ मा विद्युत उत्पादनको अनुमति प्राप्त गर्दै, २०७९ सालको फागुण १७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ।

    यो परियोजना निर्माणका लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले कूल लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक र सर्वसाधारणबाट जुटाइनेछ। लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता रु. ९ अर्ब रहेको छ, जबकि सह–अगुवा बैंकहरूको रुपमा ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक र अन्य बैंकहरुले पनि रकम लगानी गर्नेछन्।

    आयोजना सम्पन्न भएपछि कालीगण्डकी गर्ज जलविद्युत आयोजना २०२९ सालसम्म निर्माण पूरा गरेर विद्युत उत्पादन शुरु गर्ने अपेक्षा गरिएको छ। यो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान भएर वार्षिक करिब १०५६ गिगावाट आवर विद्युत उत्पादन गर्ने क्षमता राख्नेछ। यसले नेपाललाई ठुलो स्वतन्त्र उर्जा उत्पादकका रुपमा स्थापित गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend