काठमाडौं । यही चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा सरस्वती बहुमुखी क्याम्पसबाट केशब सापकोटाले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।सापकोटा हाल अखिल (अनेरास्ववियु) सरस्वती बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष समेत हुन्।
उनी विद्यार्थी अधिकार, शैक्षिक सुधार र क्याम्पस विकासलाई प्राथमिकता दिँदै चुनावी मैदानमा उत्रिएका हुन्।स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूले आ-आफ्ना क्याम्पसमा विद्यार्थी राजनीति सक्रिय बन्दै गएसँगै यो निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

