काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा बन्द भएको हो।
आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड २७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । त्यस्तै, आज २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स,आइसीएफसी फाइनान्सको ऋणपत्र र भुगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ। कम्पनीको १ अर्ब १२ करोड ४८लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।

