२०८३, आश्विन २२ गते

images

नेप्सेको सीईओमा १० जनाको आवेदन (सूचीसहित)

नेप्सेको सीईओमा १० जनाको आवेदन (सूचीसहित)

आइतवार, फाल्गुण २५ २०८१०९:०९
आइतवार, फाल्गुण २५ २०८१०९:०९
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार नेप्सेको सीईओका लागि आईतबारसम्म पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकन्दराज जोशीले आवेदन दिएका छन् । आवेदक कार्की निवर्तमान सीईओको हुन् । उनले दोस्रो कार्यकालका लागि सीईओ बन्न चाहेका छन् ।

    सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले फागुन २५ गतेसम्मका लागि आवेदन माग गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सदस्यहरू सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल रहेको समिति बनाएको छ । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्से नेतत्वविहीन रहेको छ । समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंकसम्म दिन सक्नेछ ।

    nep.jpeg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend