२०८३, आश्विन २२ गते

images

लगातार छैटौँ दिन सेयर बजारमा पहिरो, २७५१ अंकमा झर्यो नेप्से परिसूचक

लगातार छैटौँ दिन सेयर बजारमा पहिरो, २७५१ अंकमा झर्यो नेप्से परिसूचक

सोमवार, फाल्गुण २६ २०८१०३:२२
सोमवार, फाल्गुण २६ २०८१०३:२२
  • images

    काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) मा लगातार ६ दिनसम्म पहिरो गएको छ । आइतबार ४६ अंकले घटेको सेयर बजारले सोमबार पनि निरन्तरता पायो ।

    आज नेप्से परिसूचक २०।६८ अंक घटेको छ । सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।

    कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रहेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भयो ।

    तथ्यांक अनुसार हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशत हरियो रह्यो । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशत घटे ।

    नेस्डो समृद्धि लघुवित्तको १० प्रतिशत मूल्य बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढ्यो । उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो ।

    नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएको हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाखको भयो । एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर क्रमशः कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend