२०८३, आश्विन २२ गते

images

सात महिनामा भित्रियो नौ खर्ब ५८ करोड विप्रेषण, झन्डै ३ लाखले लिए श्रम स्वीकृृति

सात महिनामा भित्रियो नौ खर्ब ५८ करोड विप्रेषण, झन्डै ३ लाखले लिए श्रम स्वीकृृति

सोमवार, फाल्गुण २६ २०८१०६:०९
सोमवार, फाल्गुण २६ २०८१०६:०९
  • images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतशितले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७।३ प्रतिशतले वृद्धि भइ नौ खर्ब ५८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ४५ हजार ४३२ र एक लाख ५७ हजार ४५ रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend