काठमाडौँ । मंगलबार सुुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला एकसय रुपैयाँ बढेर एक लाख ७० हजार चारसय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार प्रतितोलाा ५ सय रुपैयाँले घटेर १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य समेत घटेको छ । मंगलबार प्रतितोला १५ रुपैयाँले घटेर चाँदीको मूल्य १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।

