२०८३, आश्विन २२ गते

images

निरन्तर घट्दै सेयर बजार

निरन्तर घट्दै सेयर बजार

मंगलवार, फाल्गुण २७ २०८१०३:४३
मंगलवार, फाल्गुण २७ २०८१०३:४३
  • images

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत साताको सोमबारदेखि परिसूचक निरन्तर रूपमा घटिरहेको छ। यसदिन नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा अडिएको छ। 

    ३०३ स्क्रिप्सको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटेपनि महालक्ष्मी विकास बैंक र जीन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन्। 

    कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५८ करोड ६५ लाख बढीको सेयर कारोबार भयो। आज विकास बैंकको सूचकबाहेक सबैको घटेको छ। यसअघि बजार निरन्तर ९ दिन बढेको थियो। त्यसपछि बजार करेक्सनमा गएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend