२०८३, आश्विन २२ गते

images

नेपालमा थ्रिजी बन्द गर्ने एनसेलको घोषणा

नेपालमा थ्रिजी बन्द गर्ने एनसेलको घोषणा

बुधवार, फाल्गुण २८ २०८१०२:३३
बुधवार, फाल्गुण २८ २०८१०२:३३
  • images

    काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ। 

    एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका हुन्। 

    उनले दक्षिण एसियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरू नयाँ प्रविधिमा जान लागेको जानकारी दिए। 

    राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘आगामी १२-३६ महिनामा स्पेक्ट्रम अनुकुलनको लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौँ। हामी २०२५ मा ३ जी बन्द गर्दैछौँ र टु जी २०२७ मा बन्द हुन सक्छ।’ 

    उनले अहिले पनि ३३ लाख टु जी ह्याण्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरू बाधक रहेको जानकारी दिएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend