२०८३, आश्विन २२ गते

images

होली पर्व हर्षोल्लासका साथ मनाइँदै

होली पर्व हर्षोल्लासका साथ मनाइँदै

बिहिवार, फाल्गुण २९ २०८१०८:५१
बिहिवार, फाल्गुण २९ २०८१०८:५१
  • images

    काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व नेपालभर हर्षोल्लासका साथ मनाइँदैछ। रंग, उमङ्ग र आपसी मेलमिलापको प्रतीक मानिने यो पर्व प्रत्येक वर्ष फागु पूर्णिमाको दिन विशेष रूपमा मनाइन्छ।

    नेपालको पहाडी तथा हिमाली क्षेत्रमा आज होली मनाइँदैछ भने तराई क्षेत्रमा भोलि अर्थात् चैत १ गते यो पर्व मनाइनेछ। होली हिन्दू परम्पराअनुसार मनाइने महत्वपूर्ण चाड हो जसलाई भगवान् विष्णुको भक्त प्रह्लादसँग जोडिएको धार्मिक मान्यता रहेको छ।

    आज बिहानैदेखि रंग, अबिर र पानी छ्याप्दै होली मनाउन थालिएको छ। राजधानीको बसन्तपुर दरबार क्षेत्र, ठमेल लगायतका स्थानहरूमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँने गरिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend