२०८३, आश्विन २२ गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै ४ हजारले बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै ४ हजारले बढ्यो

शुक्रवार, चैत्र १ २०८१११:१३
शुक्रवार, चैत्र १ २०८१११:१३
  • images

    काठमाडौं । शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ४ हजार रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य  पनि बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ६ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५७ रुपैयाँ  ५० पैसा  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend