२०८३, आश्विन २२ गते

images

मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवा शुभारम्भ

मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवा शुभारम्भ

शुक्रवार, चैत्र १ २०८१०२:५६
शुक्रवार, चैत्र १ २०८१०२:५६
  • images

    काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा शुक्रवार भीम युपिआई सेवा शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सेवाको शुभारम्भ गरेका हुन् ।

    गभर्नर अधिकारीले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे । भक्तजनका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

    भीम युपिआई सेवाको सुरुवातसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन् । यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

    यो सेवा क्रस–बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयासले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । बैंक प्रविधिमा निरन्तर अग्रसर रहेको छ । देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत बैंकले सेवा प्रदान, देश–विदेशमा रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।

    भीम युपिआई सेवाको शुभारम्भ मुक्तिनाथ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको र नेपालमा डिजिटल वित्तीय सेवा विस्तारको दिशामा यो अर्को महत्वपूर्ण कदम हुनेछ । अब भक्तजनले मुक्तिनाथ मन्दिरमा डिजिटल भुक्तानीको सहज सुविधा अनुभव गर्न सक्नेछन् ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी लगायत सहभागी थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend