२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • साङ्ग्रिला डेभलपमेन्ट बैंकको 'बुद्धभूमि बचत खाता'...

साङ्ग्रिला डेभलपमेन्ट बैंकको 'बुद्धभूमि बचत खाता' सञ्चालनमा, लकर सुविधामा ५० प्रतिशत छुट

साङ्ग्रिला डेभलपमेन्ट बैंकको 'बुद्धभूमि बचत खाता' सञ्चालनमा, लकर सुविधामा ५० प्रतिशत छुट

शुक्रवार, चैत्र १ २०८१०५:५६
शुक्रवार, चैत्र १ २०८१०५:५६
  • images

    काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले उच्च र आकर्षक ब्याजदरसहितको 'बुद्धभूमि बचत खाता' सञ्चालनमा ल्याएको छ । ५ हजार रुपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खाता बैंकले यही १ चैतबाट सञ्चालनमा ल्याएको हो ।

    ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई ५ प्रतिशत) ब्याज पाउनुका साथै ब्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुनेछ । यो खाता १८ वर्ष पुगेका सबै नागरिकले खोल्न सक्ने बैंकले जनाएको छ ।

    यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा पाउनुका साथै साङ्ग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउने बताइएको छ । यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डिम्याट खाता खोल्ने र मेरो शेयरमा दर्ता गर्ने सुविधा पनि उपलब्ध हुनेछ । त्यस्तै, पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।

    यो खाता आमनेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मिहिनेतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रूपमा रहेको बैंकको विश्वास छ ।

    हाल साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर रहेका आफ्ना ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend