२०८३, आश्विन २२ गते

images

साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर,चाँदीको घट्यो

साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर,चाँदीको घट्यो

सोमवार, चैत्र ४ २०८११०:४४
सोमवार, चैत्र ४ २०८११०:४४
  • images

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।

    त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४९ पैसा  कायम भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend