२०८३, आश्विन २२ गते

images

पाँच वर्षमा पुनर्बीमा कम्पनीको लगानी १५० प्रतिशतले वृद्धि, बैंकिङ क्षेत्रमै बढी केन्द्रीत

पाँच वर्षमा पुनर्बीमा कम्पनीको लगानी १५० प्रतिशतले वृद्धि, बैंकिङ क्षेत्रमै बढी केन्द्रीत

सीएनएन खबर
सोमवार, चैत्र ४ २०८१११:५२
सीएनएन खबर
सोमवार, चैत्र ४ २०८१११:५२
  • images

    काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपालका पुनर्बीमा कम्पनीहरूले आफ्नो लगानी १५० प्रतिशतले वृद्धि गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७६/७७ मा १५ अर्ब ४२ करोड ४० लाख रुपैयाँ लगानी गरेकोमा आव २०८०/८१ मा उक्त लगानी बढेर ३८ अर्ब ५६ करोड ४८ लाख पुगेको छ।

    प्राधिकरणको तथ्यांकअनुसार पुनर्बीमा कम्पनीहरूले सबैभन्दा बढी वाणिज्य बैंकको निक्षेपमा लगानी गरेका छन्।

    data-of-insurance-23.png

    आव २०८०/८१ मा मात्र दुई पुनर्बीमा कम्पनीले बैंकिङ क्षेत्रमा कुल लगानीको ७५.५५ प्रतिशत अर्थात् २९ अर्ब १३ करोड रुपैयाँ लगानी गरेका छन्।

    त्यस्तै, विकास बैंकमा २ अर्ब १ करोड (५.२३ प्रतिशत) तथा ‘ग’ वर्गका बैंकमा १० करोड लगानी गरिएको छ। सरकारी बचत तथा ऋणपत्रमा ३० करोड, जबकि सूचीकृत पब्लिक कम्पनीहरूको सेयरमा १ अर्ब १७ करोड लगानी भएको देखिन्छ।

    हाल पुनर्बीमा कम्पनीहरूले घरजग्गा, पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा भने कुनै लगानी नगरेको तथ्यांकमा उल्लेख छ।

    वित्तीय क्षेत्रमा पुनर्बीमा कम्पनीहरूको उच्च लगानी देखिए पनि विविध क्षेत्रमा लगानी नहुनु अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend