२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • एभरेष्ट बैंकको ऋणपत्र ५,६९७ लगानीकर्तालाई बाँडफाँट,...

एभरेष्ट बैंकको ऋणपत्र ५,६९७ लगानीकर्तालाई बाँडफाँट, ब्याजदर ७.५० प्रतिशत

एभरेष्ट बैंकको ऋणपत्र ५,६९७ लगानीकर्तालाई बाँडफाँट, ब्याजदर ७.५० प्रतिशत

सीएनएन खबर
सोमवार, चैत्र ४ २०८१११:५६
सीएनएन खबर
सोमवार, चैत्र ४ २०८१११:५६
  • images

    काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ। बैंकले चैत १ गते गरेको बाँडफाँटमा ५ हजार ६९७ जना लगानीकर्ताले ऋणपत्र पाएका छन्।

    गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ बिक्री गरिएको थियो। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख ऋणपत्र जारी गरेको थियो।

    त्यसमध्ये ६० प्रतिशत (१ अर्ब ८० करोड रुपैयाँ) अर्थात् १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो। बाँकी ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ) अर्थात् १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो।

    सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ।

    एभरेष्ट बैंकको ऋणपत्र ७.५० प्रतिशत वार्षिक ब्याजदर सहित १० वर्षे अवधिका लागि जारी गरिएको हो। बैंकका अनुसार ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा अर्धवार्षिक रूपमा हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend