२०८३, आश्विन २२ गते

images

निरन्तर घट्दै सेयर बजार, सोमबार ५ अर्बको कारोबार

निरन्तर घट्दै सेयर बजार, सोमबार ५ अर्बको कारोबार

सोमवार, चैत्र ४ २०८१०३:२८
सोमवार, चैत्र ४ २०८१०३:२८
  • images

    काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा झरेको छ । आज ८५ कम्पनीको सेयर मूल्य घट्दा १४५ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

    सोमबार ३३१ कम्पनीको ९९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड र सीइडीबी होल्डीङको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend