२०८३, आश्विन २२ गते

images
  • समाचार
  • भोजपुर आगलागीः जंगलको डढेलो बस्तीमा पस्यो,...

भोजपुर आगलागीः जंगलको डढेलो बस्तीमा पस्यो, निभाउन अझै सकस(भिडियो)

भोजपुर आगलागीः जंगलको डढेलो बस्तीमा पस्यो, निभाउन अझै सकस(भिडियो)

सोमवार, चैत्र ४ २०८१०३:५८
सोमवार, चैत्र ४ २०८१०३:५८
  • images

    काठमाडौँ । भोजपुरको सामुदायिक जंगलमा लागेको आगो निभाउन अझै सकस भएको छ । सोमबार दिउँसो भोजपुर नगरपालिका(१२ पारपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिरेको थियो। अहिलेसम्म आगलागीबाट पैँयापानीमा ७ वटा घरमा क्षति भएको छ ।

    आगोले कालीदास चापागाईँको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईँको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबहादुर कार्कीको घर र पाली जलेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वार्टर टक्सारले जनाएको छ ।

    दिउँसो साढे १२ बजेबाट आगो बस्तीमा पसेको थियो । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको भोजपुरका डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

    aagalagi.jpg

    सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहे पनि निभाउन नसकिएको उनले सुनाए । हावाहुरीका कारण बस्ती जोगाउन समस्या भएको उनको भनाइ छ ।

    सोमबार बिहान साढे ९ बजेतिर टङङे डाँडाको इनामे सामुदायिक वनबाट डढेलो सुरू भएको थियो । अहिले प्रहरी, सेना र एपीएफको टोली त्यस क्षेत्रमा खटिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend