काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।
कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए। जसमध्ये १० हजार १२६ जनाको आवेदन रद्द भएको छ।
रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ता शेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ।
यसरी हेर्नुहोस् आईपीओको नतिजाः
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

