२०८३, आश्विन २२ गते

images

एनएमबि बैंकद्वारा ‘हरित बचत खाता’ योजना सुरुवात,वातावरण संरक्षणमा योगदान दिने अवसर

एनएमबि बैंकद्वारा ‘हरित बचत खाता’ योजना सुरुवात,वातावरण संरक्षणमा योगदान दिने अवसर

सीएनएन खबर
मंगलवार, चैत्र ५ २०८१११:३०
सीएनएन खबर
मंगलवार, चैत्र ५ २०८१११:३०
  • images

    काठमाडौं ।  एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको भनाई छ । 

    यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ । सो खाताबाट ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन । 

    एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली, ग्राहकले पनि जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्ने बैंकले जनाएको छ ।  एनएमबि बैंकले पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको जनाएइको छ ।  सो खाता मार्फत ग्राहकले पनि आफ्नो प्रतिबद्धता जनाउनसक्ने बैंकको भनाई छ ।    

    एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend