२०८३, आश्विन २२ गते

images
  • समाचार
  • दर्ज्यानी चिह्न लिदैँ आईजी दीपक थापाले...

दर्ज्यानी चिह्न लिदैँ आईजी दीपक थापाले भनेः प्रहरी सुधारको अभियान अघि बढाउँछु

दर्ज्यानी चिह्न लिदैँ आईजी दीपक थापाले भनेः प्रहरी सुधारको अभियान अघि बढाउँछु

मंगलवार, चैत्र ५ २०८११२:५८
मंगलवार, चैत्र ५ २०८११२:५८
  • images

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले नेपाल प्रहरीको सक्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन र सुधारका लागि दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

    गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान समारोहमा आईजी थापाले प्रहरी संगठनलाई अझ प्रभावकारी, निष्पक्ष र लोककल्याणकारी बनाउन पहल गर्ने बताए । प्रहरी समाजकै उपज हो। समाजका राम्रा(नराम्रा पक्षको प्रतिबिम्ब प्रहरीमा देखिनु स्वाभाविक हो । सुधार आवश्यक छ, र यसको लागि अब साइत कुरेर बस्ने समय छैन, उनले भने।

    उनले सुधारको सुरुवात नेतृत्वबाटै हुने बताउँदै प्रहरी संगठनभित्र पारदर्शिता, निष्पक्षता, कार्यकुशलता, र वृत्ति विकासको सुनिश्चितता गरिने उल्लेख गरे। पद र जिम्मेवारी निष्पक्ष ढंगले प्रदान गरिनेछ। प्रहरी कर्मचारीले कुनै पीडा वा अन्याय महसुस गर्नुपर्ने स्थिति आउन दिइने छैन, आईजी थापाले प्रतिबद्धता जनाए।

    आईजी थापाले प्रहरीको व्यावसायिकता र सक्षमता अभिवृद्धि गर्दै नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको बताए। हाम्रो प्राथमिकता कानूनी शासन, मानव अधिकारको प्रत्याभूति, सामाजिक न्याय र सद्भाव कायम गर्ने हो। प्रहरी जनताको सेवक हो, राज्यको दह्रो प्रतिनिधि हो, त्यसैले हामी नागरिकको सुरक्षा र हितका लागि निरन्तर क्रियाशील रहनेछौं, उनले भने।

    प्रहरी संगठनलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जनशक्तिको क्षमता अभिवृद्धि, स्रोतसाधनको विस्तार र समन्वयात्मक सुधारमार्फत प्रहरीलाई अझ प्रभावकारी बनाउने योजना रहेको उनले स्पष्ट पारे। गृहमन्त्रालयको सहयोग र अभिभावकत्व निरन्तर रहिरहने विश्वास व्यक्त गर्दै, आईजी थापाले नेपाल प्रहरीलाई नागरिकमैत्री, अनुशासित र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न लागिपर्ने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend