२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिः चालुतर्फ...

शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिः चालुतर्फ २५.२३ र पूँजीगततर्फ १७.४३ प्रतिशत खर्च

शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिः चालुतर्फ २५.२३ र पूँजीगततर्फ १७.४३ प्रतिशत खर्च

मंगलवार, चैत्र ५ २०८१०१:११
मंगलवार, चैत्र ५ २०८१०१:११
  • images

    काठमाडौं ।  शहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। मंगलबार एक कार्यक्रमकाबीच मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो।

    चालू आवमा यस मन्त्रालयको जम्मा ९१ अर्ब ३५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब  २५ करोड ८३ लाख ३९ हजार रहेको जनाएको छ।

    जसमध्ये  चालूतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ। 

    हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ। समग्रमा हालसम्म जम्मा १२ अर्व २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको अवस्था छ।

    मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

    पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण मैनालीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ।

    संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो। हालसम्म जम्मा१२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको प्रवक्ता मैनालीले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend