२०८३, आश्विन २२ गते

images

सेयर बजार २७००अंक तल

सेयर बजार २७००अंक तल

मंगलवार, चैत्र ५ २०८१०४:२२
मंगलवार, चैत्र ५ २०८१०४:२२
  • images

    काठमाडौं । मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो।

    बजार घट्दा कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो।

    ८६ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो भने ५ को स्थिर रह्यो। अन्यबाहेक सबै सेक्टरका सूचक घटे। सो सेक्टर ०.११ प्रतिशत बढ्यो।

    घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि नै रह्यो। बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशत घट्यो।

    मिथिला लघुवित्त तथा हिमालयन पावर पार्टनरको मूल्य ९.९ प्रतिशत बढ्यो। अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशत मूल्य बढ्यो।

    त्यस्तै सामुदायिक लघुवित्तको मूल्य ८.२, राप्ती हाइड्रोको ७.७ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend