२०८३, आश्विन २२ गते

images

२५ करोड प्रकरणः सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए कुशाङ लामा

२५ करोड प्रकरणः सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए कुशाङ लामा

मंगलवार, चैत्र ५ २०८१०५:०९
मंगलवार, चैत्र ५ २०८१०५:०९
  • images

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।

    सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ नम्बरको ट्रक  र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो । पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका– १ का कुशाङ लामा रहेका छन् । उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए ।

    मालबाहक ट्रकमा शंका लागि रोकी थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनोट’ अर्थात ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको विदेशी मुद्राहरु फेला परेको हो  । 
    कुसाङ लामा चालक भई भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको प्रहरीले जनाएको छ । 

    बरामद भएको रकम अमेरीकी डलर १०० दरका नोटहरु जम्मा थान ३ हजार ११९ र ५० दरका नोटहरु जम्मा थान १७९ रहेको छ भने युरो ५०० दरका थान ११, २०० दरका थान ४८०, १०० दरका थान ४१४८ र ५० दरका थान १७१७७ रहेको छ । 

    अवैध तरिकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा लामालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा हदैसम्मको कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइने प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend