२०८३, आश्विन २२ गते

images

विद्युत् प्राधिकरणको सबै बैंक खाता रोक्का

विद्युत् प्राधिकरणको सबै बैंक खाता रोक्का

बुधवार, चैत्र ६ २०८१०९:४२
बुधवार, चैत्र ६ २०८१०९:४२
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले प्राधिकरणको सबै कारोबार रोकिदिएका छन्।

    यो विवाद २०७४ सालदेखि चलिरहेको थियो र न्यायाधिकरणको निर्णयबाट समाधान हुने अपेक्षा गरिएको थियो। २०८० भदौ ३१ मा मध्यस्थता न्यायाधिकरणले चिनियाँ कम्पनीलाई ८५ करोड रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो। तर प्राधिकरणले उक्त निर्णयलाई अस्वीकार गर्दै पाटन उच्च अदालतमा पुनरावलोकनको माग गर्‍यो। अदालतले न्यायाधिकरणकै आदेश सदर गरे पनि प्राधिकरणले निर्णय कार्यान्वयन गरेन।

    यसले अहिले प्राधिकरणलाई थप संकटमा पुर्‍याएको छ। ललितपुर जिल्ला अदालतले ब्याजसहित १ अर्ब ५९ करोड रुपैयाँ तिर्न निर्देशन दिएपछि पनि भुक्तानी नगर्दा बैंकहरूले प्राधिकरणका सबै खाता रोक्का गरिदिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend