काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
मंगलबार तोलामै ११ सय रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको मूल्यले बुधबार उक्त रेकर्ड समेत तोेडेर नयाँ रेकर्ड बनाएको हो । बुधबार सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भैरहको छ ।
यस्तै, बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । मंगलबार प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको चाँदी बुधबार प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको छ ।

