२०८३, आश्विन २२ गते

images

बैंकमा अधिक तरलता थुप्रिएपछि थप २५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकमा अधिक तरलता थुप्रिएपछि थप २५ अर्ब खिच्दै राष्ट्र बैंक

बुधवार, चैत्र ६ २०८११०:५६
बुधवार, चैत्र ६ २०८११०:५६
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले बुधबार दिउँसो ३ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोल आवेदन माग गरेको छ।

    केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अतिरिक्त तरलता व्यवस्थापन गर्न २१ दिनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो। यस उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

    साँवा तथा ब्याज भुक्तानी मिति चैत २७ गते तोकिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको गुणात्मक भागमा विभाजन गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

    नेपाल राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्न यसअघि पनि यस्तो उपकरण जारी गर्दै आएको छ। यस पटकको निक्षेप संकलन पनि बैंक प्रणालीमा तरलता सन्तुलन गर्न केन्द्रित भएको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend