२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ११ निर्णयः सार्वजनिक बिदादेखि...

मन्त्रिपरिषद् बैठकका ११ निर्णयः सार्वजनिक बिदादेखि नियुत्तीसम्म

मन्त्रिपरिषद् बैठकका ११ निर्णयः सार्वजनिक बिदादेखि नियुत्तीसम्म

बुधवार, चैत्र ६ २०८११२:५९
बुधवार, चैत्र ६ २०८११२:५९
  • images

    काठमाडौँ । चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ११ वटा निर्णय गरेको पाइएको छ । बुधबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत २४ गते सार्वजनिक बिदा दिईएको बताएका हुन् । 

    चैत २४ गते रामनवमी पर्व परेका कारण सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै, मन्त्रिपरिषदको बैठकले विभिन्न नियुक्ती समेत गरेको पाइएको छ । 

    यस्ता छन् सरकारका निर्णयहरू

    नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ वमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेस गर्ने। 

    विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने। 

    ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, काठमाडौलाई नियुक्त गर्ने।  
    नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षका दीपक थापालाई नियुक्त गर्ने। 

    विक्रम संवत २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने।  

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गर्ने। 

    २०८१ साल चैत ४ गतेदेखि ६ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगको दशौं संस्करणमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने। 

    नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलाञ्चोक जिल्ला साविक मेथिनकोट गा. वि. स. वडा नं. ६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गा. वि. स. बड़ा नं. ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने। 

    नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने। 

    यदुनाथ पौडेल, अर्घाखाँचीलाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रवन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने।  पवित्रा सुवेदी, सुर्खेत र रामशरण सापकोटा, मकवानपुरलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्ति गर्ने। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend