२०८३, आश्विन २२ गते

images

सेयर बजारमा बुधबार पनि गिरावट

सेयर बजारमा बुधबार पनि गिरावट

बुधवार, चैत्र ६ २०८१०३:१९
बुधवार, चैत्र ६ २०८१०३:१९
  • images

    काठमाडौं । सेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा झरेको छ। नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

    यो दिन ५३ कम्पनीको शेयरभाउ बढेको छ भने १८३ वटा कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend