२०८३, आश्विन २२ गते

images

एकैपटक ५९ उपसचिव र २१ जना शाखा अधिकृतको सरूवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ५९ उपसचिव र २१ जना शाखा अधिकृतको सरूवा, कहाँ कसले पाए जिम्मेवारी ?

बिहिवार, चैत्र ७ २०८१०७:३०
बिहिवार, चैत्र ७ २०८१०७:३०
  • images

    काठमाडौँ । सरकारले एकै पटक ५९ जना उपससचिव र २१ जना शाखा अधिकृृतको सरुवा तथा पदस्थापना गरेको छ । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र स्थानीय तहमा कार्यरत उनीहरुको सरुवा गरेको हो । 

    मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरुवा सूची अनुसार, सात जना उपसचिव गृह मन्त्रालयमा पठाइएका छन्। पाँच जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने तीन जनालाई सामान्यको अतिरिक्त समूहमा तानिएको छ।

    गृह मन्त्रालयमा स्थानान्तरण भएका उपसचिवहरू हरिप्रसाद गैरे (सञ्चार), पोषणराज भण्डारी (सामान्यको अतिरिक्त समूह), गोमादेवी ढकाल पौडेल (रक्षा मन्त्रालय), तेजप्रकाश प्रसाईँ (कृषि मन्त्रालय), खेमराज उपाध्याय (सहरी मन्त्रालय), सुवास पौडेल (पाटन नगरपालिका, बैतडी), र शिवहरि पोखरेल (जिल्ला समन्वय समिति, महोत्तरी) रहेका छन्।

    सामान्य प्रशासन मन्त्रालयले महेश पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट छाँयानाथ रारा नगरपालिका, मुगु पठाएको छ।

    हेमकुमार ढकाललाई शिक्षा मन्त्रालयबाट छेडागाड नगरपालिका, जाजरकोट, हरिदत्त भट्टलाई गोदावरी नगरपालिका, कैलालीबाट बेदकोट नगरपालिका, कञ्चनपुरमा खटाइएको छ। अन्य कर्मचारीहरूलाई विभिन्न नगरपालिका र संस्थानमा स्थानान्तरण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend