काठमाडौँ । बुधबार उच्च रेकर्ड बनाएको सुनको मूल्य बिहिबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।

