काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको हो ।
आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३१२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज सिन्धु विकास बैंकको १६ करोड ६४ लाख ७१ हजार रुपैंया, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २३ लाख ३५ हजार रुपैयाँ, घलेम्दी हाइड्रोको १३ करोड ६ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।

