काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँकाे कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक सहित ४ जना विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, उनकी नाता पर्ने श्रुती भण्डारी भनिने अम्विका घिमिरे र सहायक ९लेखापाल० स्मृती रेग्मी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरु विरुद्ध प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा उनको ठाउँमा सट्टा शिक्षक राख्दा अनियमितता भएको आरोप लागेको छ । आयोगले बिहीबार जारी गरेको सूचना अनुसार उनीहरु ४ जनाले प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा निजको स्थानमा सहायक प्रधानाध्यापकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षकको रुपमा राखेको र अनुपस्थित शिक्षकको नाममा तलब माग गरी निकासा लिई निजकै नामबाट चेक जारी गरी तलबसमेत खुवाएकोले गैरकानूनी रुपमा शिक्षक राखेका थिए ।
आयोगले चारै जना विरुद्ध १ लाख ५७ हजार ९१५ रुपैयाँ बिगो र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

