२०८३, आश्विन २२ गते

images
  • समाचार
  • अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने कर्मचारी...

अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने कर्मचारी नै घुस सहित पक्राउ परेपछि...

अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने कर्मचारी नै घुस सहित पक्राउ परेपछि...

बिहिवार, चैत्र ७ २०८१०५:१७
बिहिवार, चैत्र ७ २०८१०५:१७
  • images

    काठमाडौँ । अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

    उक्त जिम्मेवारीमा रहेका पोखरा महानगरपालिकाका शाखा अधिकृत कपिल गिरी २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । 

    बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले गिरीलाई न्युरोडस्थित महानगरपालिका कार्यालय अगाडि सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थँमा नियन्त्रणमा लिएको हो । 

    उनी महानगरपालिकाको उजुरी फर्छ्यौट तथा समन्वय शाखाको संयोजकको जिम्मेवारीमा थिए । महानगरका सम्बन्धमा अख्तियारमा परेका उजुरीका विषयमा वडा, शाखाबाट राय प्रतिक्रिया संकलन गरी जवाफ पठाउने काम उनैले गर्थे ।

    आयोगको पोखरा कार्यालयका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले सेवाग्राहीका बारेमा अख्तियारमा उजुरी परेको र त्यसलाई मिलाउन एक लाख रुपैयाँ दिनुपर्ने भन्दै रकम माग गरेका थिए ।

    उक्त रकममध्ये २५ हजार रुपैयाँ लिदैगर्दा आयोगका कर्मचारीले उनीलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend