काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन १ लाख ७६ हजार रुपैयाँमा मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १० रुपैयाँ ५० पैसा कायम भएको छ ।

