२०८३, आश्विन २२ गते

images

आयल निगमले सेयर धनिलाई १० प्रतिशत नगद लाभांश दिने

आयल निगमले सेयर धनिलाई १० प्रतिशत नगद लाभांश दिने

शुक्रवार, चैत्र ८ २०८१११:०७
शुक्रवार, चैत्र ८ २०८१११:०७
  • images

    काठमाडौँ । नेपाल आयल निगमले लाभांश वितरण गर्ने भएको छ । आयल निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।

    निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।

    लाभांश प्रस्ताव पारित गर्न निगमले चैत २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबारमा अपरान्ह १ बजे ४३औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।

    निगमको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ ।

    यस्तै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि तोक्नेछ ।

    यसअघि निगमले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend