२०८३, आश्विन २३ गते

images

सिन्धु विकास बैंकको साधारण सभामा झडप, कुटिए सेयरधनि

सिन्धु विकास बैंकको साधारण सभामा झडप, कुटिए सेयरधनि

शुक्रवार, चैत्र ८ २०८१०२:०१
शुक्रवार, चैत्र ८ २०८१०२:०१
  • images

    काठमाडौँ । सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा हंगामा भएको छ । कम्पनीको आज अर्थात् चैत ८ गते बोलाएको १४औं र १५ औं वार्षिक साधारणसभा लफडा भएको हो ।

    विवाद एक जना शेयरधनीहरुलाई कुटपिट भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । ३/४ ब्यक्ति लागेर एक जना शेयरधनीहरुलाई धकल्दै पिटेको छ । विवादपछि कम्पनीका सुरक्षाकर्मीहरु सो स्थानमा पुगेको हुन् । के कारण विवाद आएको हो त्यो भनेको खुलेको छैन ।

    लगानीकर्ता दिपेन्द्र अग्रवालले भने स–साना विवाद मात्रै उत्पन्न भएको बताए । उनले भने, ‘राइट शेयर निष्कासनको विषय पारित हुँदैछ । झगडा केहि भएको होइन । स–सानो विवाद मात्रै उत्पन्न भएको हो । तेति त साधारण सभामा भइहाल्छ ।’

    यसअघि नै फागुन २८ गते बोलाएको थियो । तर गणपूरक संख्या नपुगेपछि स्थगित भएको जनाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend