२०८३, आश्विन २२ गते

images

आमा बनिन् रिमझिमकली

आमा बनिन् रिमझिमकली

शनिवार, चैत्र ९ २०८११२:२७
शनिवार, चैत्र ९ २०८११२:२७
  • images

    चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।  

    छावाको नामकरण बाह्रौँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेका बताए । हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend