२०८३, आश्विन २२ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, चैत्र १० २०८११०:४९
आइतवार, चैत्र १० २०८११०:४९
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार  सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend